२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो


0
Shares

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८११ पुगेको छ ।

भाइरसका कारण संक्रमित हुनेको संख्या ३४ हजार भन्दा बढी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

चीनको एक अस्पतालमा एक अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । भाइरसबाट चीनमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

बेइजिङस्थित अमेरिकी दुतावासले ६० वर्षका आफ्ना एक नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

सन् २००३ मा फैलिएको स्वास्प्रश्वास सम्बन्धी समस्या (सार्स) प्रकोप भन्दा बढी चीनमा कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

अन्य देशहरुमा पनि संक्रमितहरुको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि चीनबाट फर्कने नागरिकलाई विभिन्न देशले प्रवेशमा रोक लगाएका छन् ।

उनीहरुले विमानस्थलमा कडा चेकजाँच गर्नुका साथै दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियमहरु ल्याएका छन् ।

यसैबीच ठूला एयरलाइन्सहरुले चीनमा उडान स्थगित गरेका छन् भने कतिपयले सीमाको चेकजाँचमा पनि कडाइ गरेका छन् । (एजेन्सी)