१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


प्रदेश २ सबैभन्दा गरिब


0
Shares

जनकपुरधाम । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ । गाँस, बास, कपासको समस्या र विरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ ।

नीति आयोगको पंचबर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको गरिबी दर २८.६ प्रतिशत छ ।

बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट