ओलावालेकाे गाेलमा मनाङको गोल वर्षा, च्यासल ५-० ले पराजित « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


ओलावालेकाे गाेलमा मनाङको गोल वर्षा, च्यासल ५-० ले पराजित


338
Shares

पोखरा । मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा घरेलु मैदानमा भएका तीनै खेल जित निकालेकाे छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा च्यासल युथ क्लबलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ लिगको दोश्रो स्थानमा उक्लिएकाे हाे ।

ओलावाले अफिजको ह्याट्रिकमा मनाङले शानदार जित निकालेको हो । जारी लिगमा ओलावालेले दोस्रो ह्याट्रिक गरेका हुन् ।

यसअघि सातदोबाटो युथ क्लबका अजायी मार्टिनले एपीएफ फुटबल क्लबविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए ।

मनाङका लागि आडेलाजा सोमिडे र दीनेश राजवंशीले समान १ गोल गरे । पहिलो हाफमा २–० ले अग्रता बनाएको मनाङले दोस्रो हाफमा ३ गोल थप्यो ।

जारी लिगमा मनाङको यो छैटौं जित हो । लिगमा पाँचौं हार भोगेको च्यासल पुच्छारबाट दोस्रो स्थानमा छ ।