
काठमाडौं, माघ २५ । थाइल्यान्डमा एक सैनिकले अन्धाधुन्द गोली प्रहार गरी १२ जनाको हत्या गरेका छन् ।
थाइल्यानडको उत्तर–पूर्वी क्षेत्रस्थित नाखोन सहरको सपिङ सेन्टर र बुद्धिष्ट मन्दिरनजिक भएको गोलीकान्डमा थुप्रै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रक्षा मन्त्रालयका प्रवक्ताले ‘बीबीसी’लाई दिएको जानकारीअनुसार आफू कार्यरत् ब्यारेकबाट हतियार र गोली चोर्नुअघि ती सैनिककले आफ्नो ‘कमान्डिङ अफिसर’लाई गोली हानेका थिए ।
स्थानीय सञ्चारमाध्यममा देखाइएको ‘भिडियो फुटेज’मा उनी कारबाट ओर्लिएको र मान्छे भाग्दा आक्रमण गरेको देखिन्छ ।
सुरक्षा निकायले अहिले सपिङ सेन्टरमा घेराबन्दी गरेका छन् । आक्रमणकारी सैनिक सपिङ सेन्टरमै लुकेको अनुमान गरिएको छ ।
प्रहरीले सपिङ सेन्टर वरपरका व्यक्तिलाई आ–आफ्नै घरमा बस्न आदेश दिएका छन् । आक्रमणकारीको उद्देश्यबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
आक्रमण गर्नुअघि ती सैनिकले आफूले पेस्तोल बोकेको तस्वीर फेसबुकमा सार्वजनिक गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्