Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘कोरोनाभाइरस’: सप्तरीमा सतर्कता


0
Shares

सप्तरी, माघ २५ । ‘कोरोनाभाइरस’को जोखिमबाट जोगिन सप्तरीमा पनि सतर्कता अपनाइएको छ ।

जिल्लास्थित राजविराज विमानस्थल तथा नेपाल–भारत सीमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गरी शनिबारदेखि नेपाल प्रवेश गर्ने विदेशीको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो ।

डेस्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य जाँच गरिने र लक्षण देखिए तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइने जनाइएको छ ।

यो नाका भएर दैनिक करिब ५०० भारतीयहरु आउने गरेका छन् ।

राजविराज विमास्थलबाट आउने पर्यटकहरुलाईसमेत परीक्षण गरेर जिल्लामा प्रवेश गराउने उद्देश्यका साथ हेल्थ हेस्क स्थापना गरिएको जनाइएको छ ।