Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


धनकुटा अस्पतालमा कोरोना भाइरसको उपचारका लागि छुट्टै कक्ष


0
Shares

धनकुटा । धनकुटाको जिल्ला अस्पतालमा कोरोना भाइरसको उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ ।

संक्रमित बिरामीलाई बेग्लै कक्षमा राखेर उपचार गर्न तीन बेडसहितको छुटै कक्ष छुट्याएको हो ।

कोरोना भाइरसको संक्रमण भेटिए त्यस्ता विरामीलाई छुटै कक्षमा राखेर सम्भव भएसम्मको उपचार गरिने अस्पतालले जनाएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्णवहादुर घिमिरेसहित जिल्ला अस्पताल प्रमुख, जनस्वास्थ्य प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सरोकारवाला निकायको बैठकले अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्ने निर्णय गरेको थियो ।