
काठमाडौं, पुष २२ । गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ ।
मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गर्नुभएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताउनुभयो ।
सह सचिव कोइरालाले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्