
काठमाडौं । डिजिटल भुक्तानी प्रदायक आइएमई पे र विश्वव्यापी सेवाप्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच सम्झौता भएको छ ।
युनिमनीको ‘ र्याफल ड्र क्याम्पियन’मा आइएमई पेले प्रमोसन पार्टनरको रूपमा समझदारी गरेको हो । यो योजनामा सेवाग्राहीले युनिमनी कतार मोवाइल एप वा युनिमनीको अफिसियल वेबसाइट www.unimoni.qa मार्फत् पैसा पठाउँदा पुरस्कार पाउनेन् ।
भाग्यशाली १० जना विजेताले आइफोन १३ का साथै ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १ सय ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ । १ जनावरी २०२२ देखि सुरु भएको अभियान १४ मार्च २०२२ (१७ पुष, २०७८ देखि फागुन ३०, २०७८)सम्म लागू हुनेछ ।
विद्युतिय च्यानलहरूको प्रवर्द्धनका लागि तयार पारिएको क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्