सिन्धुली, माघ २४ । आफ्नै अनुयायीहरुको हत्या तथा यौनशोषणको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी असफल भएको छ ।
शुक्रबार बम्जनको खोजी गर्दै सिन्धुलीको कमलामाई नगरपालिपालिका–८, पहिरेमा रहेको बम्जनको आश्रममा पुगेको प्रहरीले उनलाई फेला नपारेपछि बम्जनका सहयोगी ज्ञानकुमार भोम्जनलाई नियन्त्रणमा लिएको हो ।
सर्लाही जिल्ला अदालतले बिहीबार यौनशोषणको मुद्दामा तपस्वी बम्जनलाई नियन्त्रणमा लिन आदेश दिएपछि प्रहरीले उनको खोजी गरेको हो ।
बम्जनमाथि अनुयायीको हत्या, बलात्कार र बेपत्ता पारेको आरोप लागेको छ ।
बम्जन कहाँ छन् भन्ने पत्ता नलागेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्