Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध


0
Shares

काठमाडौं, माघ २४ । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ ।

राजनीतिक प्रतिशोधका आधारमा पार्टी उपाध्यक्ष विजयकुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमा कांग्रेस सांसद मिन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको र प्रतिशोधका आधारमा विपक्षलाई सिध्याउने हिसावले कारवाही अगाडि बढाएको आरोप लगाए ।

उनले अख्तियरले एउटै विषयमा मुछिएका केहीलाई उन्मुक्ति दिने र केहीलाई मुद्दा लगाउने काम गरेकाले अख्तियारप्रति शंका पैदा भएको उल्लेख गरे ।

बैठकमा विपक्ष दल कांग्रेसले उभिएर विरोध जनाइरहेपछि सभामुख अग्नी सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।