२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


भारतमा २४ घण्टामा ५८ हजार बढीमा कोरोना संक्रमण


273
Shares

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ ।

यस्तै थप ५३४ जना संक्रमितको मृत्यु भएको छ । भारतका कयौं राज्यमा ओमोक्रन भेरियन्ट फैलिएर संक्रमितको संख्या बढेसँगै प्रतिबन्धहरु लगाउन सुरु गरिएको छ । भारतको २३ राज्यहरुमा ओमोक्रनको १८०० भन्दा बढी केसहरु पुष्टि भइसकेको छ । दिल्लीमा मात्रै दुई हप्तायता ४५ प्रतिशत केस बढेको छ ।

यसैबीच, भारतको राजधानी नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईने भएको छ । कोरोना संक्रमण बढेका कारण लगाउन थालिएको रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाउने निर्णय गरिएको हो ।

यस्तै, निजी कम्पनीहरुलाई पनि ५० प्रतिशत कमर्चारीलाई घरबाटै काममा लगाउन भनिएको छ । अरु कयौं राज्यहरुले पनि रात्रिकालीन कर्फ्यू लगाउनुका साथै भिडभाड गर्न प्रतिबन्ध लगाएको छ ।

कोरोना हटस्पट नै बनेको महाराष्ट्रमा पनि ओमोक्रनको प्रभाव बढ्दो छ । १० हजार सक्रिय संक्रमित रहेको यो राज्यमा ५०० भन्दा बढी ओमोक्रन संक्रमित रहेका छन् ।