सिन्धुली । तपस्वीको भेषमा बस्दै आएका राम बहादुर बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सिन्धुलीले अनुमति दिएको छ ।
अदालतको अनुमति पाएसँगै नेपाल प्रहरीको टोली आज बिहान बमजनको सिन्धुलीस्थित आश्रममा पुगेको छ ।
आश्रमको बमजन बस्ने मूलघरमा ताला लगाईएको भेटिएको छ । प्रहरीले आश्रम वरीपरी र आसपासको जंगलमा खोजेपनि बमजनलाई भेट्न भने सकेको छैन ।
बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।
आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन् ।
त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाटै बेपत्ता छन् ।
बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
त्यस्तै बमजनले उनकै आश्रममा बस्ने नावालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ ।
गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।








प्रतिक्रिया दिनुहोस्