
एजेन्सी । इजरायली सेनाको कारवाहीमा चार जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।
इजरायली सेनाले वेस्ट बैंकको हमास समूहलाई सहयोग पुर्याएको आशंकामा गरेको हवाइ हमलामा मारिनको संख्या चार पुगेको हो ।
सर्वसाधारणले आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गर्नुपरेको इजरायली सेनाले दावी गरेको छ । मारिनेमा विद्यार्थी र एक जना प्रहरी समेत रहेको बताइएको छ ।
इजरायली सेनाले भने आतंककारीहरुले विस्फोटक पदार्थ भरिएका उपकरणमार्फत आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गरेको स्पष्ट पारेको छ ।
यसैबीच इजरायलले वेस्ट बैंकमा थप एक हजार जना सुरक्षाकर्मी परिचालन गर्ने बताइएको छ ।
इजरायली सेना थपिएपछि हिंसाका घटना बढ्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्