
एजेन्सी । भारतीय फिल्मका अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी दांडेकर विवाह बन्धनमा बाँधिने भएका छन् ।
फिल्ममा राम्रो रुपमा जमेको यो जोडीलाई सबैले मनपराएका थिए । अब उनीहरु रिलमा मात्रै नभई रियल लाइफमा पनि जोडी बन्ने भएका हुन् । दुबैजना लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका र अब उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाह मा परिणत गर्न लागेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुको विबाह सन् २०२२ मार्च महिनामा गर्ने गरी मिति तय भएको छ । फरहान र शिवानी दुबैले आफ्नो विबाहबारे जानकारी दिएका पनि भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनीहरुले धेरै पाहुना बोलाएर मुम्बईमा भव्य विवाह गर्न चाहेको भएपनि कोरोनाका कारण त्यस्तो नहुने बताएका छन् । कोरोनाको बढ्दो खतरा र बलिउडका कयौँ सेलिब्रेटीहरु पनि कोरोनाको चपेटामा परेको कारणले उनीहरुले आफ्ना परिवार र नजिकका आफन्तलाई मात्रै बोलाउने भएका छन् ।उनीहरुले विबाहका लागि भारतको ५ तारे होटल बुक गरेका छन् । विबाहमा कस्तो डिजाइनको पहिरन र कस्तो रङ लगाउने भन्ने पनि उनीहरुले छानिसकेका छन् ।

फरहान र शिवानी ३ बर्षदेखि प्रेम सम्बन्धमा रहेको र शिवानीले फरहानको नामको ट्याटू पनि बनाएकी छिन् । उनीहरुले आफ्नो छुट्टीको समयमा लिएका प्रेमिल तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्