यस्ता छन् आफ्नै कारणले जेलको हावा खाएका भारतीय कलाकारहरु « Image Khabar


यस्ता छन् आफ्नै कारणले जेलको हावा खाएका भारतीय कलाकारहरु


3.614k
Shares

एजेन्सी । मनोरञ्जनको क्षेत्रमा सबैको रुची अत्याधिक बढ्दो छ । फुर्सदको समयमा र आफुलाई खुसी राख्न मानिसहरुले फिल्म लगायतका मनोरञ्जनका कार्यक्रममा ध्यान दिने गर्छन् । फिल्म हेरेर त्यसको नक्कल गर्नेहरुको पनि कमी छैन् । अहिलेका युवा युवतीको बढ्दो चासो बलिउड लगायतका फिल्मी क्षेत्रमा रहेको छ ।

बलिउड कलाकारलाई आफ्नो रोल मोडल मान्नेहरु पनि त्यतिनै छन् । नेपाली फिल्म र नेपाली कलाकारहरु पनि बलिउड र हलिउड बाट बढि प्रभाबित भएको देखिन्छ । उनीहरुको प्रशंसक मात्र नभइ आलोचना गर्नेहरु पनि उतिकै छन् । तर बलिउड अर्थात भारतीय फिल्मी क्षेत्रमा नाम कमाएका तीनै केही कलाकार आफ्नो व्यक्तिगत कारणले बदनाम मात्र नभई जेल समेत गएका छन् ।

१. अक्षय कुमार

प्रशंसकहरु अक्षय कुमारलाई आफ्नो रोल मोडल मान्ने गर्दछन् । उनले धेरै फिल्ममा नायकको रुपमा अभिनय गरेका छन् । अक्षय कुमारले शारीरिक तन्दुरुस्तिका लागि गरेको अभ्यासलाई पछ्याउनेहरु धेरै छन् । उनी स्वस्थ खाना खानका लागी र आफ्नो शारीरिक कसरतका लागि सबैलाई सल्लाह सुझाब दिने गर्दछन् । अक्षयले बर्षको ४ ओटा फिल्म समेत काम गरेका छन् । सन् २००९ मा उनी एक कार्यक्रममा सहभागी हुन गएका थिए । कार्यक्रमको बीचमा उनलाई अश्लिलता फैलाएको आरोप लाग्यो र भारतीय प्रहरीले उनलाई केहि दिन जेलमा हालेको थियो ।

२. सलमान खान

बलिउड अभिनेता सलमान खानले धरै प्रशंसक कमाएका छन् । उनले रियालीटी सो बिग बोसलाई होस्ट गरिरहेका छन् साथै उनको पछिल्लो फिल्म अन्तिमलाई सबैले रुचाएका थिए । उनी सन १९९८ मा चलचित्र ‘हम साथ साथ है’ को सुटिङको सिलसिलामा राजस्थान गएका थिए । त्यहाँ उनी र उनको समुहले कालो हरिण शिकार गरेको अभियोग लागेको थियो । त्यबखत उनी १८ दिनसम्म प्रहरी हिरासतमा रहेका थिए । यस्तै उनले सडकमा गाडी चलाएका बेला हिट एण्ड रनको आरोपमा पनि केहि दिन जेलको हावा खाएका थिए । अहिले पनि उनले ती मुद्दा खेपीरहेका छन् ।५६ वर्षीय सलमानले मुद्दाकै कारण विबाह नगरेका पनि कतिपयको भनाई छ ।

३. जोन अब्राहम

जोन शारीरिक सुगठनमा आकर्षक देखिन्छन् । त्यसकारण उनकामहिला फ्यानहरुको फलो बढी छ । हालसालै उनको सत्यमेव जयते भाग–२ फिल्म सार्वजनीक भएको थियो । उनी एक मोडल पनि हुन् । जोनलाई सडकमा छिटो गाडी चलाएको आरोपमा भारतीय जेलमा केहि दिन विताउनुपरेको थियो ।

४. सेफ अलि खान

सेफ अलि खान नाम चलेका भारतीय कलाकार हुन् । उनी क्रिकेटर मन्सुर अलि खान र अभिनेत्री शर्मिला टेगोरका छोरा हुन् । सेफअली भारतको एक होटलमा भारतीय एकजना उद्योगपतिलाई नराम्रो व्याबाहार गरेको आरोपमा केहि समय जेल गएका थिए ।

५. रिया चक्रवती

बलिउडमा भर्खरै स्थापित हुन लागेकी नायिका हुन् रिया चक्रवती । उनले आफ्नो करिअरको सुरुवात २०१३ मा मेरी ड्याड की मारुती भन्ने फिल्मबाट गरेकी हुन् । रिया अभिनेता सुशान्त सिहं राजपुतको मृत्यु प्रकरणमा केहि दिन भारतीय प्रहरीको निगरानीमा परेकी थिईन् ।सो प्रकरणमा उनलाई छानबिन गर्दा आगू औषध प्रयोगको आरोपमा गिरफ्तार गरिएको थियो ।

६. संजय दत्त

संजय दत्त भरतीय फिल्म जगतका प्रख्यातीप्राप्त अभिनेता हुन् । सन् १९७२ मा उनले बालकलाकारका रुपमा अभिनयको सुरुवात गरेका हुन् । त्यसपछि उनले २२ वर्षमा रिक्की फिल्मबाट हिरोको रुपमा डेब्यु गरेका हुन् । सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटमा अन्य अभियुक्तबाट अवैध हातहतियार खरीद गरेर राखेको आरोपमा उनलाई ६ बर्षको जेल सजाय भएको थियो ।

७. राजपाल यादव

राजपाल यादव भारतीय चलचित्र क्षेत्रका प्रसिद्ध हास्य कलाकार हुन् । उनलाई सन् २०१३ मा अदालतमा झुटो शपथ पत्र पेस गरेको आरोपमा १० दिनका लागि जेल सजाय सुनाइएको थियो । उनलाई फिल्म निर्देशन गर्न लिएको ऋण नतिरेको तर अदालतमा भने झुठो बोलेको आरोपमा जेल पठाइएको थियो ।