९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025


हिलारी क्लिन्टनबारे सूचना पाउन आफ्नो छोराले रुसी वकिललाई भेटेको ट्रम्पको स्वीकारोक्ति


0
Shares

काठमाडौं, साउन २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को जुनमा विपक्षी उम्मेदवार हिलारी क्लिन्टनको सूचना प्राप्त गर्न आफ्नो छोराले रुसी वकिललाई भेटेको स्वीकार गरेका छन् ।

डोनाल्ड ट्रम्प जुनियरले क्रेमलिनसम्बद्ध वकिल नातालिया भेसेल्नित्स्कायालाई भेटेको राष्ट्रपति ट्रम्पको यो पहिलो प्रत्यक्ष स्वीकारोक्ति हो ।

तर, उनले उक्त भेट वैधानिक भएको तर्क गर्दै राजनीतिमा यस्तो कार्य हुँदै आएको बताए ।

सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपको विषयमा रोबर्ट मुलरको टोलीले अमेरिकी गुप्तचर निकायका तथ्यहरुको अनुसन्धान गरिरहेको छ ।

ट्रम्पले भने आफ्नो पक्षमा रुसको भूमिका अस्वीकार गर्दै आएका छन् ।

ट्रम्प जुनियरले क्लिन्टनलाई हानि पुर्‍याउने कुनैपनि सूचना उक्त भेटमा प्राप्त नगरेको ट्रम्प खेमाको तर्क छ ।

ट्रम्पले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेको उक्त चुनावमा आफ्नो संलग्नताको रुसले लगातार खन्डन गर्दै आएको छ । (एजेन्सी)