५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


श्रीमती हत्या आरोपमा युवक पक्राउ

श्रीमती कमला झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ

273
Shares

रुकुम । श्रीमतीको हत्या आरोपमा रुकुममा एक युवक पक्राउ परेका छन् ।

हत्या आरोपमा बाफिकोट–९ का २५ वर्षीय दिपक खनाललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । गत शुक्रबार खनालकी २६ वर्षीया श्रीमती कमला झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

श्रीमान् पनि सँगै भएकाले मारेको आशंकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

आरोपित खनाललाई पक्राउ गरेर जिल्ला अदालत रुकुम मार्फत १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको शर्माले बताउनुभयो ।

श्रीमती मृत अवस्थामा फेला परेको भन्दै खनालले नै गाउँले र प्रहरीलाई जानकारी गराएका थिए । मृतकको शव शनिबार नै पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ ।

श्रीमान्–श्रीमतीको घरायसी विवादकै कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरूको ४ वर्षीय छोरा पनि छ ।