
काठमाण्डौ । सौन्दर्य विज्ञ तथा सिटिईभिटिका सीप परिक्षण मुल्याङकनकर्ता लक्ष्मी महतद्वारा लिखित पुस्तक ‘स्वास्थ्य र सुन्दरताका लागि एस्थेटिसियन’ विमोचन भएको छ । सिटिईभिटिका पुर्व सदस्य सचिव गोबिन्द गजुरेलले काठमाण्डौमा आईतबार आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गर्नु भएकाे हाे ।
पुस्तकमा छालाको स्याहारसम्बन्धी कुरा समावेश गरिएको छ । छालाको स्याहार सम्बन्धी विषयवस्तु समावेश भएकाले एस्थेटिसियन नाम राखिएको हो । पुस्तक विमोचन कार्यक्रममा बोल्दै लायन्स क्लबका पुर्व गभर्नर मधुकर कुमार उपाध्यायले पुस्तक शिक्षा, स्वास्थ्य र रोजगारसँग सम्बन्धी भएको बताउनुभयो ।
यो पुस्तकलाई छाला, कपाल, नङ, ब्युटिपार्लरमा प्रयोग हुने सामाग्री कसरी सुद्विकरण गर्ने, जिवनशैली कस्तो हुनुपर्दछ लगायतका ७ खण्डमा विभाजित गरिएको छ । ब्युटिसियन पेशामा रहेका ब्यक्तिहरूलाई यश पुस्तकले थप निखारता र मार्गनिर्देश गर्ने अपेक्षा सिटिईभिटिका प्राध्यापकहरूले गरेका छन ।
३ बर्ष लगाएर लेखेको यस पुस्तक माईलस्टनको रूपमा खडा हुने मधुकर कुमार उपाध्यायले बताउनुभयो । यस पुस्तकबाट मोटिभेट भएर लेखिकाबाट अर्को पुस्तक आउँन सक्छ भन्दै उहाँले पुस्तकको प्रसंशा गर्नुभयाे ।
कार्यक्रममा लेखक लक्ष्मी महतले नेपालमा भएका ब्युटिसियन सम्बन्धी समस्याहरू गहन अध्ययन गरेर पुस्तक लेखेको जानकारी दिनुभयो । सौन्दर्यता भनेको के हो, सुन्दरतामा निखार कसरी ल्याउने जस्ता बिषयलाई पुस्तकमा प्राथमिकताका साथ समावेश गरिएको उहाँको भनाइ छ ।अथक मेहनत र परिश्रमले जन्मिएको पुस्तकले भर्खरै सौन्दर्यकला सिक्न चाहनेहरुले घरमै बसेर अध्ययन गरेरै सिक्न सकिने महतले बताउनुभयो ।
कार्यक्रममा न्यु लुक्स कस्मेटिकका फाउण्डर विश्व किरण जैन, बालाजु स्कुल अफ ईन्जिनियरिङ सिटीईभिटीईका गुणानन्द झा, बाग्मती प्रदेश सिटीईभिटीईका प्रमुख तौलेन्द्र आचार्य, सिटीईभिटीईकी को–अर्डिनेटर राजेश्वरी श्रेष्ठ लगायतले पुस्तकको लेखक महतलाई शुभकामना व्यक्त गरेका थियो । फ्यासोनेट ब्यूटी पार्लर र प्रशिक्षण केन्द्रले यो पुस्तकलाई प्रकाशन गरेको हो । लेखक यस ट्रेनिङ सेन्टरको प्रमुख हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्