२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


उडिरहेको विमानमा थाइ यात्रुले जन्माइन बच्चा


0
Shares

काठमाडौं । कुनैबेला अप्रत्यासित घटना भइदिन्छ । दोहाबाट बैंककका लागि उडिरहेको कतार एअरवेजमा हालै एउटा त्यस्तै घटन भएको छ ।

उडिरहेको उक्त विमानभित्र एक थाई महिला यात्रुले बच्चा जन्माएपछि विमान नै अन्यन्त्र मोड्नुपर्‍यो ।

विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा आकस्मिक अवतरण गराएका थिए ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक नगरेको र  विमान अवतरणपछि महिला र बच्चा दुवैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ ।

बेथा लागेपछि दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३० को विमान हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३ः०९ बजे भारतको कलकत्ता विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । (एजेन्सी)