४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


कांग्रेसमा गुरुङ,पौडेल र शाही केन्द्रीय सदस्य बने,मिनेन्द्र सहितका नेता भने छुटे

कार्यकर्ताबाट अस्वीकृत धमाधम केन्द्रीय समितिमा

2.964k
Shares



काठमाडौं । नेपाली कांग्रसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।

शनिवार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको भोलीपल्ट आइतबार देउवाले महामन्त्रीमा पराजित प्रदीप पौडेल,सभापतिमा पराजित कल्याण कुमार गुरुङ र सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीलाई आइतबार केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

शनिबारमात्रै देउवाले कांग्रेसको १४ औ महाधिवेशनमा भाग नलिनु भएका रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका गर्नुभएको थियो । शनिबार पौडेलसहित प्रकाशमान सिंह,विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा.प्रकाशसरण महत, सुजाता कोइराला, नारायण खड्का, उमा रेग्मी र मीन विश्वकर्मालाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो

सिंह,निधि,गच्छदार,महत,कोइराला,महाधिवेशनमा पराजित नेताहरु हुन् । कांग्रेसको सभापति सहित १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा ३३ जना सभापतिले मनोनित गर्न सक्ने प्रावधान कांग्रेस विधानमा छ । बाँकी भने महाधिवेशनमा निर्वाचित भएर आउनुपर्ने प्रावधान छ । देउवाले ३३ जनामध्ये शनिवार र आइतबार गरेर १३ जनालाई केन्द्रीय समितिमा ल्याउनु भएको छ ।

अझै मनोनित गर्न २० जना बाँकी छन् । देउवाले महाधिवेशनमा पराजित नेताहरुलाई भटाभट केन्द्रीय समितिमा ल्याउँदा कांग्रेसमा प्रभावशाली मानिएका तर महाधिवेशनमा पराजित भएका नेताहरु डा.मिनेन्द्र रिजाल,चन्द्र भण्डारी,रामकृष्ण यादव,महेश आचार्य,कमला पन्त लगायतका नेताहरु भने केन्द्रीय समितिमा मनोनित हुन छुटेका छन् ।