 
	    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालमा जारी त्रिदेशीय श्रृंखलामा आज अमेरिकाले ओमानसँग खेल्दैछ ।
एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अमेरिका र ओमान भिड्न लागेको यो पहिलो पटक हो । लिग दुईमा सहभागि सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले आठ खेलबाट १२ अंक बनाएको छ ।
ओमान दोस्रो स्थानमा छ । उसले सात खेल खेलेर १० अंक बनाएको छ । त्यसैले आजको भिडन्त शिर्ष स्थानम रहेका दुबै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ ।
टियु क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपाललाई १८ रनले हराएको ओमान यहाँको मैदान र पिचमा अभ्यस्त भईसकेको छ । अमेरिका भने जारी श्रृंखलामा आज पहिलो खेल खेल्दैछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्