Logo २० कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025


चीन नरुचाउने मानिसहरुले कोरोना भाइरसको बारेमा राजनीति गरेर त्रसित बनाउन खोजे : दाहाल


0
Shares

पोखरा, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अध्ययनका लागि पार्टीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदन जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने नरहेको बताएका छन् ।

बुधबार  पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले कार्यदल गठन गर्नुको उद्देश्य एमसीसीबारे सबैलाई बुझ्न र बुझाउनका लागि हो भने ।

राष्ट्रिय हित विपरीत कुनै पनि सम्झौता नहुने भन्दै प्रतिवेदन सचिवालयमा आइसकेपछि पार्टीले आवश्यक निर्णय गर्ने बताए । एनसेलले कर नतिरेको प्रकरणबारे पत्रकारको जिज्ञासामा उनले अदालतले जे फैसला ग¥यो, त्यो सबैले सम्मान गर्ने खालको रहेको र उक्त विषय टुंगो लागिसकेको बताए ।

उनले एनसेलको टावरमाथि हुने गरेको क्षतिको जिम्मा विप्लव माओवादीले लिनुपर्ने समेत बताए । कोरोना भाईरसको सन्दर्भमा उनले ‘चीन नरुचाउने एकथरी मानिसहरुले राजनीति गरेर वातावरणलाई त्रसित बनाउन खोजेको टिप्पणी गरे ।