डीबी विष्ट (इमेज)
बझाङ, माघ २२ । बझाङमा अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुंगल नगरपालिका–२ का ६० वर्षीय गगनबहादुर धामी छन् ।
उनलाई चार किलो ६०० ग्राम चरेससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मंगलबार बझाङबाट महेन्द्रनगरका लागि छुटेको ना७ख ६५२२ नम्बरको बसमा उनी यात्रारत् थिए ।
सोही चेकजाँचका क्रममा धामीको साथबाट चरेस फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए ।
प्रहरीचौकी विथ्थडचिरले उनको साथबाट चरेस बरामद गरेको हो ।
धामीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।
पछिल्लो समय प्रहरीले यातायातका साधनहरु चेकजाँचमा कडाइ गर्नुका साथै जिल्लाको शान्ति–सुरक्षामा जोड दिएको ‘डीएसपी’ गणेश बमले बताए ।








प्रतिक्रिया दिनुहोस्