२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


अमेरिकी संसदमा राष्ट्रपति र सभामुखबीच टकराव, ट्रम्पले मिलाएनन् हात, पेलोसीले च्यातिदिइन् भाषण


0
Shares

एजेन्सी, माघ २२ । अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख न्यान्सी पेलोसीबीच टकरावको स्थिति भएको छ ।

राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा दुबै सदनको संयुक्त बैठकमै उनीहरूबीचको मनमुटाव सार्वजनिक भएको हो । उनीहरुबीच एकअर्काले उपेक्षा गरे भने सार्वजनिक रूपमा रिस पोखापोख भयो ।

सम्बोधनका लागि अघि बढ्दै गरेका राष्ट्रपति ट्रम्पसँग सभामुख पेलोसीले हात मिलाउन खोज्दा ट्रम्पले बेवास्ता गरेका थिए । पेलोसीले पनि ट्रम्पलाई पोडियममा बोल्न बोलाउँदा ‘हाइ प्रिभिलेज एन्ड डिस्टिन्क्ट अनर’ भनिन् । उनले अमेरिकाका राष्ट्रपति मात्र सम्बोधन गरिन् ।

आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको र अमेरिकी जनताको मनोबल बढेको ट्रम्पले बताए । भाषण सकिएपछि दुबै सदनका रिपब्लिकन सांसदले उठेर उनीप्रति सम्मान देखाए पनि डेमोक्र्याट सांसदहरू भने स्थानबाट उठेनन् र बसिरहे ।

सभामुख पेलोसीले भने ट्रम्पले आफूलाई दिएको भाषणको प्रति नै धूजाधूजा बनाएर च्यातेर फालिदिइन् । यस घटनालाई अमेरिकी संसदको इतिहासमै बिरलै मानिएको छ ।

हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट आफूविरुद्ध महाअभियोगको प्रस्ताव पारित गरेपछि ट्रम्प पेलोसीसँग रुष्ट छन् । यद्यपि, आफ्नो दलको बहुमत रहेको सीनेटबाट तल्लो सदनले पठाएको महाअभियोग प्रस्ताव विफल हुनेमा ट्रम्प ढुक्क छन् ।