
एजेन्सी । इंग्लीस प्रिमियर लिग लिडर लिभरपुल एफ.ए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराती भएको खेलमा श्रिउस्बरी टाउनलाई १–० ले हराउँलै लिरभपुलले प्रि क्वाटरफाईनलमा ठाउँ पक्का गरेको हो ।
यसअघि भएको खेल बराबरीमा सकिएपछि लिभरपुलले श्रिउस्बरी टाउनसँग रि–प्ले खेलेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई विजयी गराउन विपक्षी टोलीका खेलाडी रो–शउन विलिएम्सले आत्मघाती गोल गरे ।
सिनियर खेलाडीहरु बिदामा रहेको बेला भएको यो खेलमा लिरभपुलले २३ वर्ष मुनिका खेलाडीहरुलाई अवसर दिएको थियो । लिभरपुलले अब क्वाटरफाइनल प्रवेशका लागि प्रिमियरशिप प्रतिद्धन्दी चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
गएरातीका अन्य खेलहरुमा विजयी हुँदै न्युकासल युनाईटेड, डर्बी काउण्टी, रिडिङ र बर्मीङ्घम सिटी पनि एफ.ए कप फुटबलको पाँचौ चरणमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्