Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


एमबीबीएसको अभ्यास, इर्न्टनसीप पूरा गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति

चीन लगायतका देशबाट बीचमै अध्ययन छाडेर आएका विद्यार्थीलाई राहत

182
Shares

काठमाडौं । सरकारले चिकित्सा शिक्षा अध्ययन गर्न गएर बीचमै नेपाल फर्किएका विद्यार्थीलाई नेपालमै बाँकी अध्ययन पूरा गर्न दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका विभिन्न देशमा भर्ना भएका विद्यार्थीलाई बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास, इर्न्टनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीका कारण चीन लगायत विश्वका विभिन्न देश गएका विद्यार्थीहरू आफ्नो पढाइ बीचमै छाडेर नेपाल फर्किएका थिए । कतिपयले भने अनलाइनमार्फत पढाइ पूरा गरेका थिए । अनलाइनबाट पढाइ पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास, इर्न्टनसीप पूरा गर्न नपाएको भन्दै आन्दोलन गरिरहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा समस्या समाधानका लागि बुधबारको मन्त्रिपरिषद्मा यो विषय प्रस्तावको रुपमा लगिएको थियो । मन्त्रिपरिषद्को स्वीकृतिसँगै नेपाल मेडिकल काउन्सिलले अब विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास र इर्न्टसीप पूरा गर्न पाउने बाटो खुलेको छ ।