सबै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न हुन्छ : गृहमन्त्री खाँड « Image Khabar


सबै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न हुन्छ : गृहमन्त्री खाँड


65
Shares

पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले सबै तहका निर्वाचन तोकिएको समयमा हुने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाँडले संविधानमा भए बमोजिम नै निर्वाचन हुने बताउनु भएको हो ।

उहाँले राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताउनु भयो । दलहरुको सहयोगमा निर्वाचन आयोगको सहकार्यमा सबै निर्वाचनहरु उपयुक्त समयमै हुने उहाँको भनाइ छ ।

गृहमन्त्री खाँडले एमसीसी कुनै सैन्य गठबन्धन नभई नेपालको भौतिक विकासका लागि भएको हुँदा दलहरुको सहमतिमै पास हुने पनि बताउनु भयो ।