बाक्लो हुस्सु हट्न थालेपछि अन्तर्राष्ट्रिय उडान र अवतरण सुरु « Image Khabar


बाक्लो हुस्सु हट्न थालेपछि अन्तर्राष्ट्रिय उडान र अवतरण सुरु


182
Shares

काठमाडौं । बिहानदेखि लागेको बाक्लो हुस्सु हट्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिविलिटी नपुगेर बन्द भएको विमानस्थल केहीबेर अघि खुलेको हो ।

विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ । यसक्रममा कतारको दोहाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको छ ।

यसअघि बिहानै आएका चारवटा जहाजलाई भने डाइभर्ट गरिएको छ । सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई अन्यत्रै डाइभर्ट गरिएको हो ।

तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कोलकातामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । बिहानदेखि लागेको बाक्लो हुस्सु हट्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि उडान र अवतरण प्रभावित भएको हो ।