२६ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 9 2023


स्काउट विकृति र विसंगतिविरुद्धको बिम्ब हुनुपर्छ : लोकबहादुर भण्डारी


0
Shares

काठमाडौं, पुष १५ । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको छ ।

नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताउनुभयो ।

संयोजक भण्डारीले कर्णाली प्रदेशसहित देशभरका ग्रामिण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनु पर्ने बताउनुभयो ।