र्‍यापर आशिष राना ’लाउरे’ पक्राउ « Image Khabar


र्‍यापर आशिष राना ’लाउरे’ पक्राउ


2.041k
Shares

काठमाडौं । प्रहरीले आशिष राना ’लाउरे’ लाई पोखराबाट पक्राउ गरेको छ ।

उनलाई बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीसँग अरु चारजना पनि पक्राउ परेका छन् ।

बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने कास्की प्रहरीले जनाएको छ ।