२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


लबिम मलमा ‘बेक फेष्ट’ सुरु


78
Shares

काठमाडौं, पुष १४ । केकको संस्कृति बारे जानकारी गराउने उद्देश्यसहित ललितपुरस्थित लबिम मलमा बेक फेष्ट सुरु भएको छ ।

विभिन्न १५ वटा बढी बेकरी शपहरुले संयुक्त रुपमा बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् ।

केक र बेकरीको संस्कृति झल्काउन इभेन्ट आयोजना गरिएको आयोजक दीपा भुसालले बताउनुभयो ।

शहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृति बिस्तारै गाउँमा विस्तार भइरहेको छ ।

हरेक उत्सवमा अनिवार्य बन्दै गएको केक मेला नेपालमा भने पहिलो पटक गरिएको हो ।

फेष्टिभलमा केक र बेकरीको नयाँ नयाँ उत्पादन समावेश रहेको बताइएको छ । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ ।