सांसदहरुबीच हात हालाहाल र कुटाकुट « Image Khabar


सांसदहरुबीच हात हालाहाल र कुटाकुट


988
Shares

काठमाडौं । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । जोर्डनका सभामुखले उपसभामुखलाई सदन छोड्न आदेश दिएपछि भड्किएको विवादका बीच सांसदहरुमा हात हालाहालको अवस्था आएको हो ।

विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट हुँदा उपसभामुख भने भुईमा ढलेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको थियो ।