Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


अछाममा वडा अध्यक्ष धामीको हत्या


0
Shares

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्या भएको छ ।

घरमा सुतिरहेको बेलामा हत्या भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र धामीले जानकारी दिए ।

४० वर्षीय धामी नेपाली कांग्रसबाट विजयी उमेद्धवार हुन । हत्याका कारणबारे नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

घट्नाको अनुसन्धानका लागि प्रहरी टोली घट्नास्थलतर्फ गईसकेको छ।