१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


रौतहटमा जन्ती बोकेको कार दुर्घटना, चारको मृत्यु, चार जना घाइते


117
Shares

रौतहट, पुष १३ । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनामा १६ बर्षिय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख छोटुको मृत्यु भएको छ ।

अत्यधिक गतिमा रहेको कार विजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गाडी सडकबाट तीन मिटर तल खेतमा झरेको छ । गाडीमा ८ जना यात्रु सवार थिए ।

गम्भीर घाइते चार जनालाई उपचारकालागि रौतहटको ग्राण्डी अस्पताल लगिएको छ ।