बागमती प्रदेश जलविद्युतको हब बन्दै « Image Khabar


बागमती प्रदेश जलविद्युतको हब बन्दै


325
Shares

रसुवा । बागमती प्रदेशको हिमाली जिल्ला रसुवा जलविद्युतको मुख्य केन्द्र बन्ने भएको छ । जिल्लामा रहेका पाँच वटा खोलामा करिब सात सय मेघावाट विद्युत उत्पादन हुने भएपछि बागमती प्रदेशको विद्युतको मुख्य केन्द्र हब बन्ने देखिएको हो ।

चिलिमे, मैलुङ, फलाखु, लामटाङ तथा भेटेकोशी र त्रिशुली नदीमा सञ्चालित पन्ध्र वटा जलविद्युत आयोजनाहरु निमार्णको चरणमा छन् । यी आयोजनाहरुबाट करिब सात सय मेघावाट विद्युत उत्पादन हुने भएको हो ।

सबैभन्दा ठुलो २१६ मेघावाटको माथिल्लो त्रिशुली, १११ को रसुवागढी, एकसय बीस मेघावाटको लामटाङ भोटेकाशी, ४२ दशमलव ३ को सान्जेन जलविद्युत आयोजनाहरु निमार्णधिन अवस्थामा छन् । १४ दशमलव ८ कोे माथिल्लो सान्जेन, रसुवागढी, सान्जेन तथा १४ दशमलब ३ को अप्पर मैलुङ जलविद्युत आयोजनाहरुले ९० प्रतिशतभन्दा माथि काम पुरा गरिसकेका छन् ।

लामटाङ खोलाको २० मेघावाटको लाङटाङ जलविद्युत आयोजना तथा मैलुङ खोलाको सानीमा हाईड्रो पावर निमार्णको चरणमा छन् । उता फलाखु खोलामा १३ दशमलब ७ र पाँच मेघावाटका दुईवटा जलविद्युत आयोजना निमार्ण भइरहेका छन् ।

रसुवामा पाँच मेघावाटदेखि २ सय १६ मेघावाटका आयोजनाहरु निमार्णधिन अवस्थामा छन् । यसै आर्थिक वर्षमा चार वटा आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको छ ।