धनकुटा, माघ २० । हिन्दु सनातन संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्यले धनकुटामा स्वामी विवेकानन्द संस्कृति ज्ञान मञ्च कार्यक्रमको आयोजना गरिएको छ ।
पाश्चात्य संस्कृति अवलम्बन बढेको भन्दै बालबालिकालाई स्वअध्ययनमा प्रोत्साहन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
हिन्दु स्वयंसेवक संघ धनकुटाले आयोजना गरेको विद्यार्थी ज्ञान परीक्षामा हिन्दु संस्कृतिको शास्त्रीय ज्ञान परीक्षण गरिएको हो ।
जिल्लाका निजी तथा सामुदायिक २१ विद्यालयका ५८० विद्यार्थीले हिन्दु संस्कृतिका बारेमा १५ दिनको स्वअध्ययनपछि परीक्षामा सहभागी भएका थिए ।









प्रतिक्रिया दिनुहोस्