Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


गुरुमां संघवतीको दाहसंस्कार


0
Shares

काठमाडौं, माघ २० । थेरवाद बौद्ध अनागारिका गुरुमां संघवतीको दाहसंस्कार गरिएको छ ।

उनको सोमबार शोभाभगवतीस्थित कर्णदीपमा थेरवादी परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।

संघवतीको ८२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

यसअघि, उनको पार्थिव शरीर धर्मकीर्ति विहार नःघलमा अन्तिम दर्शनका लागि राखी धम्मागार धम्महलमा परित्राण पाठ, पांसुकुल दान, पुण्यानुमोदन गरिएको थियो ।

पाल्पा, तानसेनमा पिता जगतमान बज्राचार्य र आमा विष्णुमाया बज्राचार्यको कोखबाट जन्मिएकी चन्द्रप्रभा बज्राचार्यले वि.सं. २०३९ माघ २५ गते कुशीनगरमा ऊ.चन्द्रणी महास्थविरको उपाध्यायत्व तथा भिक्षु अच्युतानन्द महास्थविरको आचार्यत्वमा अनागारिका गुरुमां संघवती नामले प्रव्रजित भएकी थिइन् ।

दिवंगत अनागारिका संघवतीको बुद्ध शासनिकमा महत्वपूर्ण योगदान रहेको छ ।

अन्त्येष्टिमा नेपाली भिक्षु, श्रामणेर, अनागारिका, बौद्ध संघ–संस्थालगायत उपासक, उपासिकाहरुको उपस्थिति रहेको थियो ।