२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


बीपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डा. केसीको आग्रह


104
Shares

काठमाडौं, पुष ११ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले बीपी प्रतिष्ठान धरानका भ्रष्टाचारमा मुछिएका पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

डा. केसीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन सुरु गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री शेरवहादुर देउवाले सार्वजनिक पदमा हुने स्वार्थको द्धन्द्ध रोक्न कानुन बनाउने तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड बनाउने जस्ता दीर्घकालिन सुधारका कामहरुमा प्रतिबद्धताहरु पूरा नभएकाले सुशासनको प्रक्रिया नै अवरुद्ध भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

डा. केसीले अवैध रुपमा अतिरिक्त शुल्क असुली गर्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजी गर्न र सिटिइभिटीको उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई पनि तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ ।