Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बहुमूल्य पत्थर र लागु औषधसहित चार जना पक्राउ


0
Shares

बारा । ईलाका प्रहरी कार्यालय सिमराले नलकटुवा पेस्तोलको ६ राउण्ड गोली र हिरा भन्दै ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

नियमित गस्तीका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

हातहतियार, नेटवर्किङ विजनेसका नाममा ठगी गरेका तथा बहुमुल्य पत्थर र लागु औषधसहित पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ का ३८ वर्षिय दिपलाल राम, कलैया उपमहानगरपालिका–२६ का फूल सरिक मिया धोवी, अमेलगञ्जबाट पक्राउ परेका निजगढका ३७ वर्षीय मंगल सिंह तामाङ र रौतहटका ६५ वर्षिय गनहर बैठालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

नलकटुवा पेस्तोल ६ राउण्ड गोली, चाँदीको भाँडोमा राखिएको नागमणी भन्दै ठगी गर्ने सिसा जस्तो टल्किने वस्तु र नेटवर्किङ विजनेस भन्दै ठगी गर्न जम्मा गरेको १७ जना मानिसहरुको नागरिकताको प्रतिलिपिसहित फोटो, पाँचसय ग्राम अवैध लागु औषध प्रहरीले पक्राउ पर्नेहरुबाट बरामत गरेको प्रहरीले जनाएको छ ।