स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिकाले १ सय ११ कृषकलाई सम्मान गरेको छ ।
नगरपालिकाभित्रका व्यावसायिक रूपमा कृषि र पशुपालनमा उत्कृष्ट कृषकलाई सम्मानित गरेको हो ।
कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारीले कृषकलाई पेन्सनको व्यवस्था गर्न कार्यविधि बनिरहेको जानकारी दिनुभयो ।
जीवनभर कृषि पेशामा लाग्नेलाई उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले पेन्सनको अवधारणा ल्याउन लागेको बताउनुभयो ।
नगरपालिकाले कृषि क्षेत्रबाट आत्मनिर्भर, रोजगारी र स्वरोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको अन्त्य गर्न पहल गरिरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्