Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


जेनिथ स्कुलका दुई बसमा आगजनी


0
Shares

हेटौँडा ।  हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी  भएको छ ।

ना ७ ख ८७२८ र ना १ क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । 

आगलागी आफैँ  अथवा कसैले  गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस