
कञ्चनपुर । बेलौरी र कृष्णपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी हात्तीपाइलेको बिरामी भेटिएको एक तथ्यांकले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बेलौरीमा ५ दशमलव १९ प्रतिशत र कृष्णपुरमा एक दशमलव ९७ प्रतिशत मानिसमा हात्तीपाइले रोग भेटिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले गतवर्ष बेलौरी र कृष्णपुर नगरपालिकामा ६ सय जनामा गरेको सर्वेक्षणमा ६ जना व्यक्तिमा हात्तीपाइले रोगको संक्रमण देखिएको थियो ।
हात्तीपाइलेको औषधीले शरीरमा विभिन्न किसिमको असर गर्ने भन्दै स्थानीयले औषधी सेवन नगर्दा यसको संक्रमण नरोकिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।
उनले हात्तीपाइलेको संक्रमण भएका व्यक्तिमा मात्रै यसको सामान्य असर देखिने भन्दै भ्रमका पछि नलाग्न सबैमा आग्रहसमेत गरे ।
सरकारले २०२० सम्ममा हात्तीपाईले निर्मूल गर्ने लक्ष्य लिएपनि कञ्चनपुरमा भने यो बिरामीको संख्यामा कमी आउन सकेको छैन ।
कञ्चनपुरमा माघ २५ गतेदेखि आठौं चरणको औषधी सेवन अभियान सुरु हुुँदैछ ।
प्रतिक्रिया दिनुहोस्