१३ आश्विन २०८०, शनिबार | Sun Oct 1 2023


ख्रीष्टमसको पूर्वसन्ध्यामा काठमाडौंमा मोटरसाइकल र्‍याली


182
Shares

काठमाडौं । इसाई धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व ख्रीष्टमसको पूर्वसन्ध्यामा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले काठमाडौंमा शुभकामना आदान–प्रदान तथा मोटरसाइकल र्‍याली गरेको हो ।

र्‍यालीमा विभिन्न मण्डलीहरू, ख्रीष्टियन संघसंस्थाहरू, राजनीतिक दल र अधिकारकर्मी सहभागी रहेको महासंघले जनाएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले महासंघले निकालेको शान्ति र्‍यालीबाट देशमा शान्ति र सुशासन स्थापनाको कामना गरेको बताउनुभयो ।

ख्रीष्टियनहरूले ख्रीष्टमस डेलाई प्रेम र मुक्ति दिवसको रूपमा मनाउँदै आएको उहाँको भनाइ छ ।

महासंघ अध्यक्ष गहतराजले ख्रीष्टमसको अवसरमा सम्पूर्ण नेपालीमा शान्ति, सु–स्वास्थ्य र समृद्धिको लागि महासंघले कामना गरेको बताउनुभयो ।