Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


मुख्य शहरमै छैन बसपार्क: अस्तव्यस्त सवारी पार्किङ, कुरुप शहर


0
Shares

कपिलवस्तु । प्रमुख व्यापारिक केन्द्र कृष्णनगरमा बसपार्क नहुँदा सवारी पार्किङमा समस्या भएको छ ।

बसहरु सडक किनारमा पार्किङ गर्दा पैदल यात्रु र साना सवारी आवागमनमा समस्या भएको हो ।

निर्वाचनको बेलामा राजनीतिक दलहरुले विभिन्न प्रतिबद्वता गरेपनि हालसम्म बसपार्क निर्माणमा कुनै काम हुन सकेको छैन ।

बसपार्क नहुँदा दिनहुँ दुर्घटना हुने गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल बताउँछन् ।

कृष्णनगरबाट बुटवल, नेपालगञ्ज, पोखरा, काठमाडौँ, काकडभिट्टालगायतका ठाँउहरुमा सवारी चल्दै आएका छन् ।

बस पार्किङको व्यवस्था गर्न पटक पटक नगरपालिकामा पत्राचार गरिएको भएपनि नगरपालिकाले कुनै चासो नदेखाएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका कर्मचारी राम केवल यादवको गुनासो छ ।

यता कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले भने चाँडै बस पर्किङको व्यवस्था नगरपालिकाले गर्नेे बताउँछन् ।