Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


कोरोना भाइरस: चिनियाँलाई अमेरिका र अष्ट्रेलियालगायत विभिन्न देशमा प्रवेश रोक


0
Shares

एजेन्सी । कोरोना भाइरसको महामारी फैलन थालेपछि विभिन्न देशले चीनबाट आगमनका लागि आफ्नो सीमा बन्द गरेका छन् ।

अमेरिका र अष्ट्रेलियाले यसअघि नै डिसेम्बरबाट चीनमा देखा परेको भाइरसका कारण चीनमा आएका सबै विदेशी आगन्तुकलाई प्रवेश दिन रोक लगाउने बताइसकेका छन् ।

यस्तै रसिया, जापान, पाकिस्तान र इटालीलगायतका देशहरुले पनि यस्तै यात्रा प्रतिवन्धको घोषणा गरिसकेका छन् ।

तर विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले भने विदेशीको आवागमन रोक लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले यस्ता प्रतिबन्धले सूचना आदानप्रदान, मेडिकल सामग्रीको वितरण र अर्थव्यवस्था प्रभावित हुन सक्ने चेतावनीसमेत दिएका छन् ।

डब्लुएचओले सीमा क्षेत्रमा स्वास्थ्य चेकजाँचलाई कडाइ गरेर सूचना आदानप्रदानमा सहज बनाउनुपर्ने सुझाव दिएको हो ।

सीमा बन्दले भाइरस नियन्त्रणमा सहयोग नपुग्ने डब्लुएचओको तर्क छ । चीनले पनि आफूहरुको सल्लाहविपरीत विदेशी राष्ट्रहरुले यात्रामा प्रतिवन्ध लगाएको भन्दै असन्तुष्टि जनाएको छ ।

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाका कारण मृत्यु हुनेको संख्या चार सय चार जना रहेको चीनले जनाएको छ ।

मृत्यु हुनेहरु हुवेइ प्रान्तका रहेको अधिकारीहरुले जनाएका छन् । शनिबार मात्र हुवेइमा ४५ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।