
काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।
संझौता पत्रमा नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सीएक्स्ओ प्रताप श्रेष्ठ, र बिजनेश डेभलपमेन्ट मेनेजर सिमोन श्रेष्ठ तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट डेपुटी सीईओ उमेश रेग्मी र आईटी र कार्ड प्रमुख विशाल जोशीले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै हस्ताक्षर गर्नुभयो । यो सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले लुम्बिनी बिकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, लुम्बिनी बिकास बैंक लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।
नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्