
काठमाडौं । रियल मड्रिडका खेलाडी ग्यारेथ बेलले तत्काल क्लब नछाड्ने भएका छन् ।
मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबको पछिल्लो टोलीमा समेत नरहेका बेलले तत्काल क्लब नछाड्ने स्पष्ट पारेका हुन् ।
३० वर्षिया फरवार्ड बेल एट्लेटिको मड्रिडविरुद्ध आज राती हुने खेलमा खेल्ने रियलको १९ सदस्यीय टोलीमा छैनन् ।
टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले मड्रिड पुगेर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरिजसँग बेलको सरुवाको बिषयमा छलफल गरेका थिए ।
वेल्सका फरवार्ड सन् २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट रियलमा आएका थिए । उनी कीर्तिमानी मूल्य ८३ मिलियन पाउण्डमा स्पेन आएका थिए ।
उनको क्लबसंग २०२२ सम्म सम्झौता छ । उनले यस सिजन १२ लिग खेलमा दुई गोल समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्