 
	    काठमाडौं, माघ १७ । निरन्तर उकालो लाग्दै रहेको सुनको भाउमा शुक्रबार भने सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ७६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा ७०० रुपैयाँले बढेर तोलाको ७६ हजार ३०० मा कारोबार भएको थियो ।
चाँदीको भाउ भने यसदिन पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ८९० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १५ सय ८४ डलर हाराहारीमा कारोबार भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्