
बारा, साउन २० । बाराका ९ वर्षीय अंकित गुप्ताका हत्यामा संलग्न रहेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराले पत्रकार सम्मेलन गरि अंकितको अपहरण गरी हत्यामा संलग्न चारजना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
अंकितको अपहरण र हत्याको मुख्य योजनाकार नातामा भिनाजु पर्ने प्रदिप कुमार कलवार रहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।
त्यस्तै सिपाही भनिने रामप्रवेश साह, पार्वती देवी र सुरज गिरीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्