Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कांग्रेस प्रदेश २ मा संस्थापन पक्षका सभापतिका उम्मेद्वार कृष्ण यादव


156
Shares

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेद्वार बनाउने भएको छ।

१३ औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, आनन्द ढुंगाना रमेश रिजालसहितका नेताहरुको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

प्रदेश २ मा आज नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी मनोनयन र भोलि प्रदेश अधिवेशन उद्घाटनको कार्यक्रम तय भएको छ ।